थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधन
थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन भएको छ।
थाइल्याण्डको राजदरबारले बिहीबार स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा राजा अदुल्यादेजको ‘सहजरुपमा’ निधन भएको जनाएको छ।
“सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ,” राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राजाको निधनपछि थाइल्याण्डका प्रधानमन्त्रीले आगामी ३० दिनसम्म उत्सवका कुनै कार्यक्रम नगरिने बताएका छन्। त्यहाँको संसदको विशेष बैठक डाकिएको छ। एक वर्षसम्म शोकको अवधि तोकिएको छ।
विश्वमै सबैभन्दा बढी (७० वर्षसम्म) शासन गरेका राजा अदून्यदेत सन् १९४६ मा उनी गद्दीनसीन भएका थिए।