फोरमबाट उपेन्द्र यादव र इस्तियाक राई सरकारमा
संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी भएको छ ।
फोरम नेपालका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई सरकारमा सहभागी भएका हुन् ।
यादवले स्वास्थ्यमन्त्रालय र राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
दुवै नयाँ मन्त्रीले आजै शपथग्रहण गर्ने कार्यक्रम तय भएको शितलनिवास स्रोतले जनाएको छ ।