पाल्पामा यात्रुबाहक बस दुर्घटना, कम्तीमा पाँचको मृत्यु
पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुवाहक बस हुमिन धारापीमा दुर्घटना हुँदा कम्तीमा पाँच जनाको ज्यान गएकोे छ ।
पाल्पा ट्राफिक कार्यलयका सूचना अधिकारी प्रविण आचार्यका अनुसार बस सडकबाट अन्दाजी करिब दुईसय मिटर तल खसेको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको उनले बताए ।
१२ जना घाईतेको उद्धार भएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ ।
सिद्धबाबामा पहिरो
पानी परिरहेको र बस अप्ठ्यारो भीरमा बस खसेकाले उद्धारमा समस्या भईरहेको प्रहरीले जनाएको छ ।
बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो हटाउने प्रयास भइरहँदा पानी पनि परिरहेकाले सडक खुल्न समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक कार्यलयले जनाएको छ ।
उक्त स्थानमा राति तीन बजे पहिरो खस्न शुरु भएको थियो । पहिरो अहिले पनि गईरहेको छ ।
पहिरोमा परी एकजना स्थानीय बेपत्ता भएको आशंका गरिए पनि पुष्टी हुन सकेको छैन् ।
दीपक ज्ञवाली, बुटवल