डा उपेन्द्र देवकोटालाई डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार
डाक्टर उपेन्द्र देवकोटालाई यस वर्षको डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
आज, १६ जेठ विहान बाँसबारीस्थित न्यूरो अस्पतालमा डा देवकोटालाई पुरस्कार प्रतिष्ठानकी संरक्षक चन्द्रकुमारी जोशी र संस्थापक अध्यक्ष अंगुरबाबा जोशीले पुरस्कार अर्पण गरेका थिए ।
डा. बलराम जोशीको स्मृतिमा २०५२ सालमा स्थापित पुरस्कार ज्ञान–विज्ञानको विविध क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष प्रदान गरिन्छ ।
डा. देवकोटाले न्यूरो सर्जरीमा उत्कृष्टता हासिल गरी धेरै न्यूरो चिकित्सकको उत्पादनका साथै न्यूरो चिकित्साकै क्षेत्रमा योगदान दिएकाले पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।