बसदुर्घटनामा ६० जना घाइते
झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान भएको बस दुर्घटनामा ६० जना घाइते भएका छन् ।
विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाहक बस एकआपसमा ठेक्किएर भएको दुर्घटनामा यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको छ ।
यसैबीच रसुवाको धुन्चेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा आर्का एक बालक सख्त घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धुन्चेबाट त्रिशूली नदीतर्फ गइरहेको वा.६८ प ८४७३ नं को मोटरसाइकलले ठक्कर दिएको हाकु– ३ का पँचवर्षीय रुवीन तामाङ सख्त घाइते भएका हुन् । अहिले उनको उपचार काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ ।
मोटरसाइकल र चालक अजय थापालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटेलगत्तै घाइते बालकलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
रासस