विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।
आज पनि स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।
बडादशैंको दशौं दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दशैंको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए । मान्यजनबाट कोजाग्रत पूर्णिमाका दिनसम्म टीका र जमरा लगाएर आशिर्वाद थाप्ने प्रचलन छ ।
यसैबीच दशैंका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्छन् ।
सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ ।