राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आज चारवटा अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ जारी गरेकी हुन् ।
त्यस्तै संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश पनि जारी गरिएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस