यो वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशतमा सीमित
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
विभागले आज राष्ट्रिय लेखामान तथ्यांक सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षामार्फत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेका थिए ।
यसअघि चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको थियो । अर्थमन्त्रालयले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्यलाई केन्द्रीय तथ्यांक विभागले अपत्यार गरिदिएको छ ।
यसअघि विश्व ब्यांक र एशियाली विकास ब्यांकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर क्रमशः ४ दशमल ६ र ४ दशमलव ९ प्रतिशत हुने अनुमान गरेका थिए ।
राष्ट्रिय योजना आयोग अन्तर्गतको केन्द्रीय तथ्यांक विभागको तथ्यांकलाई आधिकारिक मानिन्छ । विभागले यो वर्ष नेपालको अर्थतन्त्रको आकार रु. ३० खर्ब पुग्ने तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार, कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २८ प्रतिशत, उद्योगको १४ प्रतिशत र सेवा क्षेत्रको ५८ प्रतिशत योगदान छ ।