सिन्धुपाल्चोकमा सडक दुर्घटना, चारजनाको मृत्यु
सिन्धुपाल्चोकमा सडक दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका–९ झिल्के मोडमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।
मेलम्चीबाट रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको जीप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।
त्यस्तै हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
काठमाडौंबाट हेलम्बुका लागि छुटेको बा २ ख ६३६५ नम्बरको बस गए राति दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ । दुर्घटनामा परी चारजना यात्रु घाइते भएका छन् ।