भूकम्पपीडितलाई दोस्रो किस्ता दिने समय असारसम्म थप
सरकारले आवास निर्माण गरिरहेका भूकम्प पीडितहरूलाई दोश्रो किस्ताको रकम दिने समय थप गरेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकाअनुसार हालसम्म एक लाख १४ हजार भूकम्पपीडितको अवास निर्माण भइसकेको र तीन लाख ९० हजार निर्माणाधीन छन् ।