डा केसीले अनशन स्थगित गरे (विज्ञप्ति सहित)
प्राध्यापक डा. गोविन्द केसीले १२ दिन देखि जारी अनशन स्थगित गरेका छन्।
आफूले अनशन जारी राख्दा नेपाली जनताको दशैं खल्लो हुने अवस्था आएकोले अनशन स्थगित गरेको बताएका केसीले दशैं सकिएलगत्तै पुनः अनशन शुरु गर्ने चेतावनी दिएका छन्।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिन नियुक्ति गरिनुपर्ने केसीको मागमा त्रिवि उपकुलपति तिर्थ खनियाँ असहमत रहेको खबर पाएका केसीले खनियाँको राजीनामाको माग गरेका छन् ।
राति ९ बजे पत्रकार सम्मेलन गरी अनशन स्थगित गरेको जानकारी दिएका उनले दशैंपछिको सत्याग्रहमा जसरी भए पनि आफ्ना माग पूरा गराई छाड्ने र मृत्युको परवाह नगरिने बताए ।