मन्त्रिपरिषद निर्णयः महरा अस्थायी प्रवक्ता
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले हालैको बाढी–पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई प्रति परिवार रु १ लाखका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी विगतका विभिन्न आन्दोलमा मारिएका शहीद तथा वेपत्ताका परिवारलाई राहत दिन विगतका सरकारले गरेका निर्णयलाई शिघ्र कार्यान्वयनमा लैजाने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
सरकारले महरालाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ता पनि तोकेको छ ।
त्यसैगरी बैठकले सरकार गठनमा सहयोग गर्ने सबै दल र सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको महराले जानकारी दिए ।