सार्क बिजनेस लिडर्स कन्क्लेभ आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने
सार्क बिजनेस लिडर्स कन्क्लेभ आज शुक्रबार काठमाण्डौंमा शुरु हुँदैछ । तीन दिन चल्ने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
कन्क्लेभमा सार्क देशका आर्थिक र व्यवसायिक क्षेत्रका चिन्तक, नीति निर्माता तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरुबीच सार्क देशहरुबीचको आर्थिक साझेदारीका विषयमा छलफल तथा बहस र साझ सम्वृद्धिको सम्भावनाको खोजी हुनेछ ।
कार्यक्रममा सार्क देशहरुका व्यवसायिक क्षेत्रका व्यक्तित्व एवं नीतिनिर्माताहरु सहभागी हुँदैछन् ।
श्रीलंकाका पूर्व राष्ट्रपति चन्द्रिका कुमारातुङ्गा पाकिस्तानको योजना विकास र रिफर्म मन्त्रालयका उपाध्यक्ष सरताज अजिज, बंगलादेशको प्रधानमन्त्रीका सल्लाहकार सलमान रहमान सहितका उच्च अधिकारीहरु कन्क्लेभमा सहभागी हुनेछन् । सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीले कार्यक्रमको आयोजना गरेको हो ।