क्रिकेटमा ऐतिहासिक उपलब्धीः नेपाललाई पहिलो पटक वान डे मान्यता
टीम नेपालले पहिलो पटक वान डे मान्यता प्राप्त गरेको छ । नेपालले सन् २०२२ सम्मका लागि वान डे राष्ट्रको मान्यता पाएको हो । नेपालले अब आई–कप प्रतियोगिता खेल्ने अवसर समेत पाउनेछ ।
जिम्बाबेमा जारी आईसिसि वान डे विश्वकप छनोटको प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरेपछि नेपाल एक खेलअघि नै वान डे देशहरूको सूचिमा उक्लिन सफल भएको हो ।
अफगानिस्तानसँग रनरेटमा पछि परेर सुपरसिक्सबाट बाहिरिएको नेपाल १ चैतमा पपुवा न्युगिनीलाई छ विकेटले पराजित गरेर प्लेअफको अन्तिम यात्रा तय गरेर बसेको थियो ।
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको भए ३ चैतको खेलपछि मात्रै वान डे मान्यता पाउने देशको टुँगो लाग्ने थियो । नेदरल्याण्डसलाई पराजित गरे विश्वकप छनोटमा नेपालको स्थान सातौं हुनेछ ।
तस्वीर सौजन्यः आईसिसि
ऐतिहासिक उपलब्धि हासिल गरेपछि टीम नेपालका कप्तान पारस खड्काले गरेको ट्विट