पिएनजीद्वारा नेपाललाई ११५ रनको लक्ष्य, वान डे संभावना बलियो
वान डे विश्वकप छनोट अन्तर्गत प्लेअफमा नेपालले ११५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी (पिएनजी) ले २७.२ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको हो ।
पिएनजीलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने र दीपेन्द्रसिं ऐरीले चार/चार तथा सोमपाल कामी र करण केसीले एक/एक विकेट लिए । पिएनजीका लागि सि. अमिनीले सर्वाधिक १९ रनको योगदान दिएका थिए ।
सुपरसिक्सबाट बाहिरिएका चार देश मध्ये नेपाल, हङकङ र पपुवा न्युगिनी मध्येको शीर्ष एक टीमले वान डे मान्यता पाउनेछ । वान डे यात्रा तय गर्न नेपालले पपुवान्यूगिनीलाई पराजित गर्नुपर्नेछ भने अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरे नेपालको वान डे यात्रा अझै सहज हुनेछ ।
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको अवस्थामा भने नेपालले पुनः हङकङलाई पराजित गर्नुपर्ने छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डस्ले हङकङलाई १७५ रनकाे विजय लक्ष्य दिएकाे छ ।