कामु प्रधानन्यायाधीशको पदभार ग्रहण गरे वरिष्ठतम् न्यायाधीश जोशीले
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेका छन् ।
गोपाल पराजुली पदमुक्त भएपछि आजदेखि दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।
कामु प्रधानन्यायाधीश जोशीले आज इजलास समेत तोकीसकेका छन् ।
न्यायपरिषद्ले ३० फागुनमा प्रधानन्यायाधीश गोपाल पराजुली २१ साउनमा उमेर हदका कारण अवकाश पाइसकेको जनाएको थियो ।