सर्वोच्चको वेबसाइटमा कामु प्रधानन्यायाधीश जोशी, उनैले तोके पेशी
न्यायपरिषदले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र थमाएको भोलिपल्ट कामु प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले पेशी तोकेका छन् । जोशीले १ चैतको दैनिक पेशी तोकेका हुन ।
सर्वोच्च अदालतको वेवसाईटपनि कायममुकायम प्रधानन्यायाधीशमा जोशीको तस्वीर छ ।
न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश पराजुलीको ६५ वर्षको उमेर गत २१ साउनमा नै पूरा भइसकेको भन्दै ३० फागुनमा पदमा नरहेको जनाएकोथियाे ।
यो पनि पढ्नुहोस्
कहिल्यै नहारिने स्वतन्त्रताको लडाईं (विशेष सम्पादकीय)
प्रधानन्यायाधीश पदमुक्तिपछिको अन्योल