३९ हजार २७५ मतभार सहित राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित
मुलुकको तेस्रो राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् ।
भण्डारी वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् ।
उनले कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी राईलाई पराजित गरिन ।
भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने राईले ११ हजार ७३० मतभार पाएकी छन् ।
राष्ट्रपतिमा संघीय र प्रदेश सांसद्हरुले मतदान गर्न पाउने व्यवस्था छ ।
संघीय सांसद्को एक मतलाई ७९ मतभार दिइन्छ भने प्रदेश सांसद्को एक मतलाई ४८ मतभार दिइने व्यवस्था छ ।