बाँयाको गर्नुपर्नेमा दाहिने खुट्टाको शल्यक्रिया गरेका नर्भिकका डाक्टर निलम्बित
नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका डा. प्रविण नेपाल र डा. शैलज रञ्जितकारलाई निलम्बन गरेको छ । बाँया घुँडाको गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको भन्दै २३ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूलाई एक महिनासम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
नर्भिक अस्पतालले चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको थियो ।
काउन्सिलको इथिकल कमिटिको छानबिनबाट डा. नेपाल र डा. रञ्जित दोषी देखिएका हुन । उपचारका क्रममा त्रुटी गरेको देखिएपछि निलम्बन गर्नु परेको काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले हिमालखबरलाई बताए ।
अस्पतालले विरामीको आफन्तसँग लिखित रुपमै गल्ति भएको स्विकारेको थियो ।