प्रदेश–४ का मुख्यमन्त्रीले पाए विश्वासको मत
प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् ।
आजको प्रदेशसभा बैठकमा गुरुङलाई ४१ मत प्राप्त भएको छ ।
बैठकमा उपस्थित ५८ सांसद्मध्ये गुरुङको विपक्षमा १७ मत मात्रै परेको छ ।
एमाले नेता समेत रहेका गुरुङलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले पनि मत दिएको छ ।
नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले भने उनको विपक्षमा मत दिएको छ ।
युवराज श्रेष्ठ, पोखरा