कृष्णबहादुर महरा सभामुखको उम्मेदवार
नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रका शीर्ष नेताहरुको आज बिहान बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
महरा नेकपा माओवादीको तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् ।
निर्वाचन आयोगले सभामुखको लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ ।
सभामुखको निर्वाचन भोलि, २६ फागुनमा हुँदैछ ।