प्रदेश कानून निर्माणका लागि समिति गठन
प्रदेश–४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले कानून निर्माण र मन्त्रिपरिषद्लाई रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।
आजको बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको होे ।
मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव रहनेछन् ।
त्यस्तै आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिव रहने तय भएको छ ।
त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बैठकले निर्णय गरेको छ ।
बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ पनि स्वीकृत गरेको छ । रासस