एनआरटी र च्यासल ‘ए’ डिभिजनमा
न्युरोड टिम (एनआरटी) र च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा भएका छन् । च्यासल क्लब एक खेल खेल्न बाँकी छँदै ‘ए’ डिभिजनमा उक्लेको हो ।
एनआरटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत १८ असोजमा सातदोबाटो युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । दुवै गोल विश्वजित गुरुङले गरे । एनआरटीले १३ खेलबाट २८ अङ्क जोड्यो।