नारी दिवसको अवसरमा एभरेष्ट ब्यांकको सामाजिक कार्य
१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एभरेष्ट ब्यांकले निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नर्भिक अस्पतालसँगको सहकार्यमा गरिएको उक्त कार्यक्रम ललितपुरको पुलचोक शाखामा आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा २०० जना व्यक्तिले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । जहाँ गाइनोलोजिष्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिशेषज्ञले बिरामीको जाँच गरेका थिए ।
एभरेष्ट ब्यांकले ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र र ९६ एटीएम काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।