वैदेशिक लगानी नभित्र्याई आर्थिक वृद्धि सम्भव छैनः अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्यक्ष वैदेशिक लगानी नभित्र्याई उच्च आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने बताएका छन् ।
बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै डा. खतिवडाले आन्तरिक बचतकाे लगानीले मात्रै दुई अंकको आर्थिक वृद्धि सम्भव नहुने बताए ।
उनले बाह्य पूँजी परिचालन भएमात्र आन्तरिक लगानीकर्ता पनि उत्साहित हुने भएकाले विदेशी पूँजी भित्र्याउनु अनिवार्य रहेको बताए ।
खतिवडाले पूँजीगत खर्च न्यून भएको तथा खर्च गरिएको रकमको प्रतिफल नआएको भन्दै यसलाई अनुगमन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत छुट्टै अनुगमनकारी संरचना बनाउन लागिएको पनि जानकारी दिए ।
यो संरचनाले विकास परियोजनाहरुको खर्चलाई जवाफदेही बनाउने अर्थमन्त्री खतिवडाको धारणा थियो ।
खतिवडाले राज्यको राजस्व प्रशासन खुकुलो रहेको भन्दै यसमा कडिकडाउ आवश्यक रहेको बताए ।