विद्या भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्यकालका लागि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी हुन् ।
उम्मेदवारी दर्ता गराउन राष्ट्रपति भण्डारी आफैं संसद् भवनमा रहेको राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी छन् ।
राष्ट्रपतिको उम्मेदवार सांसद हुनुपर्ने बाध्यता छैन । प्रस्तावक र समर्थक भने सांसद चाहिन्छ ।
राष्ट्रपति उम्मेदवारको प्रस्तावक पाँच जना र समर्थक पनि पाँचजना सांसद् हुनुपर्नेछ ।
राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ ।