लक्ष्मी राईलाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लक्ष्मी राईलाई राष्ट्रपति पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको आज बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वसांसद् राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि नै नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्वाचन आयोगले आज राष्ट्रपतिका लागि उम्मेदवारीको समय तोकेको छ ।
राष्ट्रपतिको उम्मेदवार सांसद हुनुपर्ने बाध्यता छैन । प्रस्तावक र समर्थक भने सांसद चाहिन्छ ।
राष्ट्रपति उम्मेदवारको प्रस्तावक पाँच जना र समर्थक पनि पाँचजना सांसद् हुनुपर्नेछ ।
राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ ।
पढ्नुहाेस् ।
विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपति बनाउने एमाले निर्णय