विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपति बनाउने एमाले निर्णय
सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । २२ फागुन राति अबेर सम्पन्न स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपति मा दोहोर्याउने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए ।
संघीय गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति चयनका लागि २९ फागुनमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्यहरूले अपराह्न ३ बजेसम्ममा मतदान गरिसक्नेछन् । आयोगले मतदाता सूचि प्रकाशित गरिसकेको छ ।
पार्टी एकिकरण घोषणा गरिसकेको एमाले र नेकपा (माओवादी केन्द) बीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने सहमति भईसकेको छ ।
सम्बन्धित समाचार
तेस्रो राष्ट्रपतिको कार्यभार
संक्रमणका बेला जसरी ‘राजनीतिक हुने’ छुट छैन नयाँ राष्ट्रपतिलाई