सडक सुरक्षामा गैरआवासीय नेपालीले सहयोग गर्ने
गैरआवासी नेपाली संघले सडक सुरक्षामा सहयोग गर्ने भएको छ । संघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच २१ फागुनमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीप आदानप्रदान गर्ने विषयमा सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् ।
गैरआवासी नेपालीहरुको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालको सडक सुरक्षामा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गरिने सहमति पत्रमा उल्लेख छ । गैरआवासीय नेपाली संघले सडक सुरक्षा समबन्धमा नेपाल इन्जिनयर्स एसोशिएसनसंग पनि सहमति गरेको छ । संघले सडक सुरक्षा सम्बन्धि एक उपसमिति गठन गरेको छ ।