पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा
दुईदिने औपचारिक भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन् ।
अब्बासी विशेष विमानबाट ३२ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै काठमाडौं आएका हुन् ।
अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ तथा योजनामन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भ्रमणका क्रममा शिक्षा, पर्यटन, व्यापार, सुरक्षा लगायतका विषयमा छलफल हुने जनाएको छ ।
अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज रात्री भोजको आयोजना गरेका छन् ।
अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्नेछन् ।
अब्बासीलाई केही बेरमै सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अर्नर’ दिने कार्यक्रम रहेको छ ।