सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा पुल्चोकमा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ ।
आइतबार, २० फागुनमा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।
उक्त शाखा कार्यालयले बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
पुल्चोकसँगै कम्पनीका शाखा कार्यालय ३५ पुगेको छ । त्यस्तै चारवटा वैदेशिक रोजगार जीवन बीमा केन्द्रमार्फत सिटिजन लाइफ इन्स्योरेन्सले सेवा प्रवाह गरिरहेको छ ।
कम्पनीले सबै खालका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना पनि सञ्चालन गरिरहेको छ ।
१.७५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले छिट्टै रु. ७५ करोडको सर्वसाधारणको लागी शेयर जारी गरी चुक्ता पुँजी रु. २.५० अर्ब पुर्याउने जनाएको छ ।