कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
देउवाले ४४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ जना सांसद् छन् ।
आज बिहान १० बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो ।