कांग्रेस संसदीय दलको मतदान सम्पन्न, नतिजा केही बेरमै
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानको नतिजा केही बेरैमा आउने निर्वाचन मण्डलले जनाएको छ ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन् ।
मतदान बिहान १० बजेदेखि शुरु भएको थियो ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ जना सांसद् छन् ।