नेप्से ४२ अंकले घट्दा पनि दुई कम्पनीलाई हरियो संकेत
निरन्तर ओरालो लागिरहेको शेयर बजार साताको पहिलो दिन पनि घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरालो लागेको शेयर बजार परिसूचक २० फागुनमा १३०४ विन्दुमा झरेको हो ।
रु. ४८ करोड बराबरको १३ लाख ११ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा नेप्से दुई वर्ष अगाडिको बिन्दुमा पुगेको छ ।
नेप्से ४१.५६ अंकले घट्दा पनि दुई वटा कम्पनीका शेयर धनी भने कमाउन सफल भए । सूर्योदय लघुवित्त ३.९३ र र स्वदेशी लघुवित्तको शेयर १.८६ प्रतिशतले बृद्धि भएको हो ।