सात हत्यामा संलग्न सकिललाई नेपाल ल्याइयो
सातजना व्यक्तिको हत्यामा संलग्न रहेर फरार भएका सकिल हुसेनलाई कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।
हुसेनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) कतारले पक्राउ गरी इन्टरपोल नेपालको जिम्मा लगाएको हो ।
नेपाल प्रहरीको अनुरोधमा हुसेनको नाममा ७ असार २०७२ मा रेड कर्नर नोटिस जारी भएको थियो ।
सकिल सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुत, सैरुन खातुन, सगिरा खातुन, सहबुत मिँया, दुलारीदेवी साह र निर्मलादेवी साहको हत्या गरी फरार भएका थिए ।
पढ्नुहाेस् ।
अदालतले छाडेपछि सात हत्या
चिनिए ‘सिरियल किलर’