नेपालले वान डे विश्वकप छनोटमा आज जिम्बाबेसँग खेल्दै
टीम नेपालले वान डे विश्वकप छनोटको पहिलो दिन जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । समूह बी मा रहेको नेपालले २० फागुन मध्यान्ह सवा एक बजे ५० ओभरको खेलमा टेस्ट मान्यताप्राप्त जिम्बाबेसँग खेल्न लागेको हो ।
१९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाबे वान–डे अन्तर्राष्ट्रिय वरीयतामा ११ औं स्थानको टीम हो । नेपालले भने नामिबियामा फागुन पहिलो साता सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता हुँदै छनोट यात्रा तय गरेको हो ।
समूह बीमा नेपाल, जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ र समूह एमा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई छन् ।
दुबै समूहका शीर्ष तीन टोली सुपरसिक्स र फाइनल पुगेका टोली आगामी वर्षको वान डे विश्वकपका लागि छनोट हुनेछन् ।