बन्द उद्योग सञ्चालनमा ल्याउने उद्योगमन्त्रीको भनाइ
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याइने बताएका छन् ।
आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरका बन्द कालकारखाना छिट्टै सञ्चालनमा ल्याउने बताएका हुन् ।
उनले भने– “मेरो पहिलो प्राथमिकता देशभर बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याउनु हो ।”
यादवले आर्थिक विकासका लागि औद्यौगिक विकास र विस्तार अपरिहार्य रहेको धारणा समेत राखे ।
मन्त्री यादवले जनकपुरमै पुगेर बन्द उद्योग छिट्टै सञ्चालन गर्ने बताए पनि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा भने प्रदेश–२ को मन्त्रालय स्थापना गरिएको छ ।