कांग्रेस संसदीय दलको निर्वाचन २१ फागुनमा
नेपाली कांग्रेस संसदीय दलको नेताको लागि २१ फागुनमा निर्वाचन हुने भएको छ ।
कांग्रेसले आज सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार २० फागुनमा उम्मेदवारी दरखास्तकाे समय ताेकिएकाे छ । त्यस्तै २१ फागुन बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन बिहान १० देखि दिउँसो १ बजेसम्म मतदान हुनेछ ।
कांग्रेस संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह चुनाव लड्ने चर्चा रहेको छ ।
महामन्त्री शशांक कोइराला भने सहमति जुटे मात्र दलको नेता बन्न इच्छुक देखिएका छन् ।