डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टर ओपीडीमा सहभागी नहुने
अनशनको ८ औं दिनसम्म पनि सरकारले सत्याग्रही डा गोविन्द केसीसँग भएका पुराना सहमति कार्यान्वयन नगरेको भन्दै रेजिडेन्ट डाक्टरहरु ओपीडी सेवामा सहभागी नहुने भएका छन् ।
आइतबार, १६ असोजदेखि पठनपाठनका कार्यक्रम बहिस्कार गरेका त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरु भोलि १८ असोजदेखि आकस्मिक (इमर्जेन्सी) र शल्यक्रिया (ओटी) बाहेक अन्य सबै कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
शिक्षण अस्पतलमा विरामीको उपचारमा मुख्य भूमिका निर्वाह नगर्ने स्नातकोत्तर तहका चिकित्सकहरु ओपिडी लगायतका कार्यक्रममा सहभागी नहुने भएपछि अस्पताल सञ्चालनमा निकै कठिनाई हुन्छ ।
अनशनको आठौं दिनसम्म पुग्दा डा केसीको स्वास्थ्य अवस्था विग्रंदै गएको छ । उनमा मांसपेशी बाउँडिने, टाउको र छाती दुख्ने, बोल्न समस्या हुने र रक्तचापमा समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्कले बताएका छन् ।
स्वास्थ्य क्षेत्रका बेथिति रोक्न माग गर्दै डा केसी अनशन बसेकै बेला त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिनका कार्यालयले भने निजी
मेडिकल कलेजहरुलाई एमबीबीएस र बीडीएस भर्ना गर्दा शुल्क नतोकेर र मेरिट लिस्ट नबनाएरै विद्यार्थी भर्नाका लागि पत्र पठाइसकेको छ ।
नेपाल मेडिकल काउन्सिलको अनुमति नलिएरै र नयाँ डिन नियुक्तिका लागि पहल भइरहेकै बेला डिनको कार्यालयले गरेको पत्राचारले त्यहाँ ठूलो भ्रष्टाचार भएको हुनसक्ने डा केसीको भनाई छ ।
नेपालमा एमबीबीएस र बीडीएस लगायत मेडिकल शिक्षाका कोर्सहरुका लागि पहिले विश्वविद्यालयले सिट निर्धारण गर्छ । त्यसलाई नेपाल मेडिकल काउन्सिलले रुजु गर्छ र आफूलाई उचित लागेमा सिट घटाएर समेत आफ्नो निर्णय दिन्छ र अनि भर्ना प्रक्रिया शुरु हुन्छ ।
तर मेडिकल शिक्षाको एक प्रमुख नियमनकारी निकाय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०का वर्तमान पदाधिकारीहरुले त्यो नियम उल्लंघन गरेका छन् । जबकी मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा समेत विदेशमा रहेको मौका पारेर यस्तो निर्णय गरिएको हो ।