दोलखामा ४.६ रेक्टरको परकम्प
दोलखामा आज ४.६ रेक्टर स्केलको परकम्प गएको छ ।
जिरी नजिकको श्यामामा केन्द्रबिन्दु भई बिहान १०ः५१ मा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो ।
९ फागुन बिहान काठमाडौंको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो ।
२०७२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार चार रेक्टर स्केलभन्दा मुनिका परकम्प दिनहुँजसो गइरहेका हुन्छन् । रासस