समाचारसोमबार, १४ फाल्गुण , २०७४

कर्णाली प्रदेशमा चल्ने सवारी साधनमा ‘जिपिएस’ जडान शुरू

हिमालखबर

कर्णाली प्रदेशमा चल्ने सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ ।

तस्वीरः सञ्जीव शर्मा

दुर्घटना न्यूनीकरणका लागि कर्णाली प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा जिपिएस जडान शुरू गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

जिपिएस प्रणालीमार्फत सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा पाउन सजिलो हुनेछ । त्यस्तै दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न पनि सहज हुनेछ ।

पहिलो चरण अन्तर्गत आज प्रहरीका सात वटा गाडी र एउटा सार्वजनिक गाडीमा जिपिएस जडान गरिएको छ । रासस

प्रतिकृया दिनुहोस