समाचारसोमबार, १४ फाल्गुण , २०७४

मन्त्रिपरिषद् विस्तार, युवराज खतिवडा बने अर्थमन्त्री

हिमालखबर

प्रधानमन्त्री  केपी शर्मा ओलीले आज चारजना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तस्वीरः बिक्रम राई

आज एमालेको तर्फबाट ईश्वर पोखरेल रक्षा र पूर्व गर्भनर समेत रहेका डा. युवराज खतिवडा अर्थ तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै नेकपा माओवादीको तर्फबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

रक्षामन्त्री बनेका पोखरेल मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहनेछन् ।

पढ्नुहोस् ।

‘अब ब्यूरोक्रेसी सजग भए हुन्छ(नवनियुक्त अर्थमन्त्री डा. खतिवडासँग दुई महीना अघि गरिएको कुराकानी)

 

 

प्रतिकृया दिनुहोस