समाचारसोमबार, १४ फाल्गुण , २०७४

प्रदेश–३ को कार्यविधि नियमावली पारित

हिमालखबर

प्रदेश–३ को आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतले पारित गरिएको छ ।

नियमावलीमा प्रदेशसभाको सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यको काम, कर्तव्य र अधिकार, आर्थिक विनियोजित विधेयक, प्रदेशसभाका सदस्यको विशेषाधिकार, आचरण व्यवहारलगायत विधेयक २१७ वटा नियम (दफा) र छ वटा अनुसूची समावेश गरिएको छ ।

प्रदेशसभा सदस्य शोभा शाक्य, राधा घले, रिना गुरुङ, युवराज दुलाल, रामेश्वर फुयाँल र रीता माझीले नियमावलीका विषयमा धारणा राखेका थिए ।

प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । रासस

प्रतिकृया दिनुहोस