एमबीबीएस भर्ना प्रक्रिया रोकः डा गोविन्द केसी
डा गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट र शुल्क नतोकेरैे एवम् मेरिट लिष्ट समेत नबनाई आइओमले भर्नाका लागि गरेको पत्राचार तुरुन्तै रद्द गर्न माग गरेका छन् ।
आफूसँग अघिल्ला अनशनका बेला सरकारले गरेका सम्झौताविरुद्ध निजी मेडिकल कलेजहरुको सिट संख्या र उनीहरुले लिन पाउने शुल्क समेत नतोकी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले कलेजहरुलाई भर्नाका लागि पत्र पठाएकोमा आपत्ति जनाउँदै केसीले आफू सत्याग्रहमा रहेका बेला यस्तो निर्णय आउनु दूर्भाग्यपूर्ण भएको बताएका छन् ।
त्यस्तै विद्यार्थी भर्ना समेत जथाभावी नभई मेरिट लिष्ट बनाई त्यसैका आधारमा मात्रै भर्ना लिनेगरी निर्णय गर्न पनि उनले आइओएम डिनको कार्यालयलाई आग्रह गरेका छन् ।
उनले आफूसँग भएका सम्झौता, राज्यको नीति, निर्णयलाई पालना गर्दै तोकिएबमोजिम शुल्क लिने, सिट निर्धारण गर्ने र ओपन हाउस काउन्सलिङमार्फत मेरिट सूची बनाएर मात्रै भर्ना लिन आग्रह गरेका छन् ।