समाचारसोमबार, १४ फाल्गुण , २०७४

रामबहादुर थापा गृहमन्त्री बन्दै

हिमालखबर

नेकपा (माओवादी केन्द्र)ले रामबहादुर थापालाई गृह मन्त्री बनाउने भएको छ । माओवादीबाट बादलको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का भएको एक माओवादी नेताले जानकारी दिए ।
गृह मन्त्रीको दाबी गर्दै आएका अर्का नेता वर्षमान पुनलाई कुन मन्त्रालय दिने भन्ने टुँगो लागेको छैन । जनार्दन शर्मा र शक्ति बस्नेतले पनि गृहमन्त्री बन्न पाउनु पर्ने माग राख्दै आएका छन् । गिरिराजमणि पोखरेल, मातृका यादव र विना मगर पनि मन्त्री बन्ने सूचिमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । एमालेबाट इश्वर पोखरेल अर्थ मन्त्री बन्ने भएकाछन् ।

 

 

 

प्रतिकृया दिनुहोस