समाचारसोमबार, १४ फाल्गुण , २०७४

स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको चेतावनी

हिमालखबर

नेपाल चिकित्सक संघले डोटी जिल्लामा कार्यरत चिकित्सकमाथि हातपात गर्नेलाई एक हप्ताभित्र कारबाही नगरे देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएको छ । संघले १३ फागुनमा सम्मेलन गरेर फागुन पहिलो साता डोटी जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्रकुमार सिंहलाई हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने माग राखेको छ ।
संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, “डोटी जिल्लापछि देशभरको सेवा अवरुद्ध गर्छौँ ।” संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकमाथि हातपात गर्नु आपराधिक मानसिकताको उपज भएको उल्लेख गरेका छन् ।
डोटीको उक्त घटनापछि चिकित्सक संघले ९ फागुनमा जिल्लामा कार्यरत सम्पूर्ण चिकित्सकलाई संघको केन्द्रिय कार्यालय झिकाएको छ । संघले जिल्लामा चिकित्सकमाथि असुरक्षा बढेको भन्दै कामबाट फिर्ता बोलाउनु परेको जनाएको छ ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस