समाचारआइतबार, १३ फाल्गुण , २०७४

राष्ट्रिय सभामा मनोनीत तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको अन्तरिम आदेश

हिमालखबर

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यलाई सपथ नगराउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला राई पौडेलको शपथ रोक्न आदेश दिएको हो।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो ।

देउवा नेतृत्वको सरकारले गरेको सिफारिस फिर्ता गरी केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गर्ने काम गलत भएको भन्दै बस्नेत, पौडेल र जोशीले सर्वोच्चमा रिट हालेका थिए ।

सांसदहरुको शपथ २० फागुनमा तोकिएको छ।

प्रतिकृया दिनुहोस