लालबाबु पण्डितको निर्णयः वातावरणको मापदण्ड मिचेका ११ ठुला व्यवसायीक कम्पनी कारबाहीमा
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी सञ्चालन भइरहेका ११ ठुला व्यवसायी कम्पनीलाई कारबाही गर्ने निर्णय गरेका छन् ।
ईआईए नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौंको रवीभवनमा सञ्चालित पाँचतारे होटल सोल्टीलाई मन्त्री पण्डितले आइतवार एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् ।
ईआईए नगरी सेवा दिइरहेको काठमाडौंको बत्तिसपुतलीमा रहेको द्वारिकाज होटल पनि कारबाहीमा परेको छ । द्वारिकाजले पनि जरिवाना स्वरुप एक लाख रुपैयाँ तिनुपर्ने भएको छ ।
त्यस्तै कलंकीमा रहेको नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, भृकुटीमण्डपको काठमाडौं मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पताल पनि कारबाहीमा परेका छन् ।
अस्पतालहरुलाई जनसंख्या तथा वातावरण मन्त्रालयले कारबाही गर्न नमिल्ने भएकाले स्वास्थ्य मन्त्रालयलाई कारबाहीका लागि पत्र काटिएको छ ।
सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौं गेष्ट हाउस, काठमाडौं दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योग पनि ईआईए पालना नगरेकोले कारबाहीमा परेका छन् ।
पढ्नुहाेस् ।
‘रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए’ (लालबाबु पण्डितको अन्तर्वार्ता)