बाग्लुङको बलेवा विमानस्थल चैतदेखि सञ्चालनमा आउने
बन्द भएको २६ वर्षपछि बाग्लुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ ।
आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ ।
यसअघि गत पुसमा नागरिक उडड्यन प्राधिकरण, विमान कम्पनी र बाग्लुङ नगरपालिकाबीच चैतदेखि नियमित उडान शुरू गर्ने सहमति भएको थियो ।
विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ ।
अहिले विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको छ ।
बाग्लुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
विसं २०२२ मा निर्माण भएको विमानस्थल बाग्लुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको थियो । रासस
पढ्नुहोस् ।
बन्द विमानस्थललाई वर्षेनि बजेट