बलिउड सुपरस्टार श्रीदेवीको निधन
चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको १२ फागुनमा हृदयाघातका कारण दुबईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
१९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी बलिउडमा पहिलो महिला सुपरस्टारको रुपमा परिचित छन् । तमिल चलचित्र कंधनबाट चार वर्षको उमेरमा अभिनययात्रा प्रारम्भ गरेकी श्रीदेवी १९७८ मा हिन्दी चलचित्र सोलवाँ सावनमा पहिलो पटक नायिकाको भूमिकामा देखिएकी थिइन् ।